मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन महानगरको बेवास्ता

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा श्याम राईले लेखेका छन् । 


राजधानीको चावहित, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यावसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन् । 

कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होर्डिङ बोर्ड राखेको छ । बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलले विज्ञापन राखिएको छ ।