वरीयता मिचेर डिआइजी बढुवामा एसएसपी पोखरेल सिफारिस

✍ बिप्लब पोख्रेल    1 year ago

नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन् । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेकाे थियो ।


पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरका एसएसपी हुन् । प्रहरीको भावी नेतृत्वको दाबेदार मानिएको उनको ब्याचबाट एक जनालाई मात्र बढुवा गरिएकोमा असन्तुष्टि देखिएको छ । सिनियर ब्याचका एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको हो । 

सरकारबाट पोखरेललाई नै बढुवा गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि दबाब थियो । तर, उनले रोक्दै आएका थिए । प्रहरी महानिरीक्षक गलेपछि उनकै नेतृत्वको बढुवा सिफारिस समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो ।