ट्रकको ठक्करबाट एकको मृत्यु, लम्कीमा तनाव

✍ बिप्लब पोख्रेल    2 years ago

टीकापुर — ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको लम्कीमा मंगलबार बिहान ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।


मृतकका आफन्त र स्थानीयले ट्रक तोडफोड गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको समेत छ । झडपमा एक स्थानीय र ६ प्रहरी घाइते भएका पनि प्रहरीले बताएको छ । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल