वीरगन्जमा चार घण्टादेखि केमिकल्स गोदाममा आगलागी,निभाउने प्रयास जारी

✍ बिप्लब पोख्रेल    1 year ago

पर्सा — वीरगन्ज महानगरपालिका-११ ओम आश्रम अगाडिको एक केमिकल्स गोदाममा चार घण्टादेखि आगलागी भइरहेको छ । लक्ष्मी दिप इन्टरप्राइजेजको नाममा सञ्चालित गोदाममा साँझ करिब साँढे ५ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको प्रहरीले जनाएको छ ।


बारा, पर्सा र सीमावर्ती रक्सौलको गरी आधा दर्जन वरूण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो के कारणले लागेको हो भन्ने एकीन भइसकेको छैन ।