पाल्पामा जिप दुर्घटना, ५ को मृत्यु

✍ बिप्लब पोख्रेल    1 year ago

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको चारघरेमा सोबार दिउँसो भएको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।


निस्दी गाउँपालिकाकै वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो । दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिए । दुर्घटनामा जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन् । बाँकी दुई जनाको परिचय खुलेको छैन ।

दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ । स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको छ ।

प्रहरी उपरीक्षक विश्वमणी पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी मित्यालबाट उद्धारका लागि खटिएका छन् । दुर्घटना के कति कारणले भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको हो ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल