भाइरल भयो आमाको पेटमै झगडा गरिरहेका जुम्ल्याहाको भिडियो

✍ Admin    2 years ago

काठमाडौं । गर्भमै जुम्ल्याहा बच्चाहरुले झगडा गरिरहेकाे एक श्यमश्वेत भिडियाे यतिखेर सोसल मिडियामा भाइरल भइरहेको छ ।

भिडियाे एक्सरे प्रविधिबाट खिचिएकाे भनिएकाे याे भिडियोमा दुई शिशुहरु देखिन्छन् । असहज अवस्था बसिरहेका शिशुले एक-अर्काेलाई लात्ती हाे कि मुक्का हानिरहेकाे देखिन्छ । यसलाई एक प्रकारकाे द्वन्द्व अर्थात झगडाकै रुपमा विश्लेषण गरिएकाे छ ।


याे भिडियाे चीनकी एक महिलाकाे गर्भमा खिचिएकाे थियाे । अघिल्लाे वर्ष नै चीनमा याे भिडियाे सेयर गरिएको थियो तर हाल विश्वभर युटुब च्यानहरु र मिडियामा याे छ्याप्छ्याप्ती देखिएकाे छ भने सामाजिक सञ्जालमा पनि छाएकाे छ ।

स्राेतका अनुसार ती महिलाकाे गर्भ चार महिनाको भएकाे थियाे । उनी जुम्ल्याहा शिशुलाई जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका, जाे आफै चिकित्सक हुन् । उनले स्थानीय सञ्चारमाध्यमसामु भनेका थिए, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक-अर्कालाई मुक्का हान्थे ।’

टाओले भिडियो एप डोयुयिनमा पहिलाेपटक यो भिडियो सेयर गरेकाे बताइएकाे छ । केही हप्ताअघि चाइना डेलीमा पनि याे भिडियाे आएकाे छ ।

हेर्नुस् भिडियाे –

 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल