हावाहुरीका कारण दुई जनाको मृत्यु..

✍ नारायण पोख्रेल    1 year ago

धनुषा – जकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । 


स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । 

साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ । 

हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।