सनराइजर्समाथि राजस्थानको महत्वपूर्ण जित

✍ नारायण पोख्रेल    1 year ago

काठमाडौँ । आइपिएल अन्तर्गत राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।
सनराइजर्स हैदरावादएल दिएको १६१ रनको लक्ष्य पछाएको राजस्थानले सो लक्ष्य १९.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।


राजस्थानका लागि संजु सामसनले अविजित ४८ रन बनाउदै जित दिलाएका थिए । त्यस्तै लिभिङस्टोनले आक्रामक ४४ रन बनाए भने आजिख्य रहानेले ३९ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २२ रन बनाएका थिए ।

सनराइजर्सका बलर सकिब अल हसन, राशिद खान र खलिल अहमदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

सनराइजर्सका लागि जोनी बैरस्ट्रव र राजस्थानका बेन स्टोक र जोफ्रा आर्चर विश्वकप तयारीका लागि भन्दै आइपिएल छोडेर स्वदेश फर्किएकाले अब यस सिजन खेल्ने छैनन् ।

यस खेलमा सनराइजर्सका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाए । पाण्डेले ३६ बलमा ९ चौकासहित ६१ रन बनाएर आउट भए ।

त्यस्तै डेभिड वार्नरले ३७ रन बनाए भने कप्तान केन विलियम्सन १३ रन बनाएर आउट भए । त्यसबाहेक विजय शंकरले ८, शकिब अल हसन ९, दिपक हुद्दा ०, रिद्धिमान शाह ५, भुवनेश्वर कुमार १ रन बनाएर आउट भएका थिए । सनराइजर्सका राशिद खानले अन्त्यमा ८ बलमा आक्रामक १७ रन बनाएका थिए ।

राजस्थान रोयल्सका बलर बरुण एरोन, श्रेयस गोपाल, जयदेव उनदकट र ओशाने थोमसले २-२ विकेट लिएका थिए ।

प्रतियोगितामा यो जी सहित राजस्थान रोयल्सले अहिलेसम्म ५ खेलमा जित हासिल गरेको छ भने प्रतियोगितामा अब २ खेल खेल्न बाँकी छ । त्यस्तै सनराइजर्सले भने ११ खेलमा ५ खेल जितेको छ ।

आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुने छ ।