तथ्याङ्क विभागको प्रतिवेदन भन्छ- ‘९ लाख ८ हजार नेपाली बेरोजगार’

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — मुलुकमा बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा छन् ।


बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको जनाइएको छ। तथ्याङ्कअनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगार छन्। ३ लाख ९७ हजार महिला बेरोजगार रहेको उल्लेख छ।
श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेको उल्लेख छ। जसमध्ये पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ। रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ। रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन्। यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ।श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको उल्लेख छ। श्रमशक्तिको औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ। पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ। ‘जसअनुसार महिलाले पुरुषको तुलनामा औषत मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम कमाउँछन,’ प्रतिवेदनमा उल्लेख छ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल