ठग्ने काइदा : बैंकक बस्दै, करोडौं ठग्दै

✍ बिप्लब पोख्रेल    2 years ago

फेसबुकमार्फत क्यानडा, अमेरिका, मकाउलगायत देशमा जागिर लगाइदिने प्रलोभनमा पारी रकम असुल्ने परशुराम गुरुङलाई थाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षयता उनले २ सय जनाबाट गरी ५ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरीको अनुमान छ ।


काठमाडौँ — क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउआठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् ।ने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने । गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् । उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् । गुरुङको ठगीधन्दा नजिकबाट नियालिरहेका सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार उनले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान छ । गुरुङविरुद्ध सीआईबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका छन् । क्यानडाको होलीडे ईन नामक होटलको फर्जी डिमान्ड लेटर एकपछि अर्को उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७२ असार २९ गते गुरुङविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन -इन्टरपोल) मा डिफयुजन नोटिस जारी गराएको थियो । 

उनीमाथि ठगी र मानव तस्करी दुवै आरोप छ । एक वर्षअघि सीआईबीका तत्कालीन डीआईजी पुष्कर कार्कीले काठमाडौंस्थित थाई राजदूतलाई भेटेर गुरुङको ठगी धन्दाबारे जानकारी दिएका थिए ।

 

परशुराम गुरुङले अनमोल कोरांगी लामा नाममा तयार पारेको क्यानडाको फर्जी पर्मानेन्ट रेसिडेन्ट कार्ड ठग्ने काइदा गुरुङले पारस, कमल, किम, मनोज, आकाश थापामगर, अनमोल लामाजस्ता दर्जनौं नाममा फेसबुक अकाउन्ट चलाएका छन् । फोटोसपमा पोख्त उनले क्यानडाको पीआर भएको नक्कली कार्ड बनाएका छन् । क्यानडाकै चर्चित पाँचतारे होटलको मानव संसाधन विभागको प्रमुख भएको नक्कली परिचयपत्र पनि बनाएका छन् । उनी जागिरको खोजीमा रहेका वा विदेश जान रुचि भएका मान्छे पत्ता लगाएर त्यस्तालाई फेसबुकबाट कर्मचारी आवश्यकतासम्बन्धी नक्कली विज्ञापनको फोटो पठाउँछन् । परशुरामले पीडितहरुसँग पैसा आफ्नी थाई श्रीमती बताउने अन्चली रिजुनाको नाममा राखिदिन भन्दै म्यासेन्जरमा गरेको कुराकानी कान्तिपुरको सम्पर्कमा आएका दर्जनभन्दा धेरै पीडितले गुरुङलाई फेसबुकबाटै चिनेको बताए । धेरैजसोलाई क्यानडा, कसैलाई अमेरिका त कसैलाई मकाउ पुर्‍याएर जागिर लगाइदिने र त्यसबापत १० देखि १५ लाख रुपैयाँ लाग्ने बताएको देखिन्छ । पत्याउने सबैलाई उनले खर्चबापतको रकम डलरमा सटही गरेर बैंकक बोलाउने गरेको देखिन्छ । गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार उनी मानव तस्करी, ठगी र अवैध विदेशी मुद्रा ओसारपसार तीनै अपराधमा संलग्न छन् । परशुरामको नेपाली राहदानी । जसलाई थाईल्याण्डस्थित नेपाली दूतावासले रद्द गरिसकेको छ । गुरुङले नातासम्बन्धमा रहेका मान्छेलाई पनि गठी धन्दामा उपयोग गरेका छन् । डलर बोकेर बैंकक जान नसक्नेका आफन्तसँग गुरुङका नेपालभरि छरिएका अनेक एजेन्टले रकम उठाउने गरेको देखिन्छ । सीआईबी स्रोतका अनुसार गुरुङबाट ठगिएकाहरू नै समयक्रममा उनको एजेन्ट बनेका छन् । कतिलाई गुरुङले परिबन्दमा पारेर एजेन्ट बनाएका छन् । ठगिएका पीडितले सोझै आफूसँग रकम फिर्ता माग्न नसकून् भनेर उनले विभिन्न अपरिचित मान्छेको खातासमेत प्रयोग गरेको देखिन्छ । जस्तो- गुरुङकै डिजाइनमा अघिल्लो वर्ष दसंैमा विभिन्न टोली बनेर बैंकक पुगेका १६ जनाले झापा, बिर्तामोडका अभिषेक केरुङ लिम्बूलाई मनी ट्रान्सफरमार्फत ४० लाख रुपैयाँ पठाएका छन् । परशुरामले आफ्नो नाम फेरेर अधिराज थापा मगर बनाएर क्यानडाको ह्यात रिजेन्सी होटलको जब डिर्पाटमेन्टको सुपरभाईजर रहेको भन्दै बनाएको फर्जी परिचयपत्र थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार गुरुङ वर्षौंदेखि त्यहाँ अवैध रूपमा बस्दै आएका थिए । राजदूत खगनाथ अधिकारीले वषार्ंैअघि नै उनको भिसाको म्याद सकिएको, दूतावासले राहदानी रद्द गरेर त्यसको सूचना थाई प्रहरीलाई दिएको बताए । अधिकारीका अनुसार चारपाँच वर्षयता गुरुङबाट ठगिएकाहरूले दूतावासमा उजुरी दिँदै आएका थिए । ‘पर्शुरामबारे हामीले वषार्ंैदेखि थाई प्रहरीलाई जानकारी दिँदै आएका थियौं,’ उनले भने । परशुरामले आफ्नो नाम बदलेर अनमोल कोरंगी लामाको नाममा निकालेको क्यानडाको फर्जी राहदानी पीडितका अनुसार गुरुङ पछिल्लो समय अन्चली रिजुना नामक केटीसँग बस्दै आएका थिए । भिसा नभएकै कारण उनले नेपालबाट आएकाहरूलाई अन्चलीकै खातामा डलर जम्मा गर्न लगाएको देखिन्छ । अन्चलीका नाममा वल्र्डवाइड एक्सपर्ट, इम्पोर्ट नामक कम्पनी खोलेर त्यसको फेसबुक पेजबाट गुरुङले जागिर ‘अफर’ गर्दै आएका थिए ।परशुरामले चिनाउने थाई पत्नी अन्चली रिजुना । परशुरामले पीडितहरुलाई लाखौं डलर यिनकै बैंक खातामा राख्न लगाएका छन् । ठगिनेका पीडा सुनसरीको रामधुनी ४ का जीवन चौधरीलाई गत वर्ष फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । आफूलाई क्यानडाको पीआर होल्डर बताउने गुरुङसँग साथी बनेलगत्तै उनलाई प्रस्ताव आयो, ‘म क्यानडाको भ्यानकुभरमा रहेको एक पाँचतारे होटलको जब डिपार्टमेन्ट प्रमुख हुँ । ड्राइभरको काम गर्ने भए मिलाइदिन्छु ।’ १२ पास गरेर ओभरसियर सकेका जीवनलाई तानिहाल्यो । १६ लाख खर्च गरे क्यनडा पुगिने र घण्टाको १९ डलरसम्मको काम पाइने भएपछि उनी लोभिए । २०७५ दसैंका दिन बैंकक उडे । गुरुङले ‘बैंकक आउनू, बाँकी कुरा सबै म मिलाउँछु’ भनेका थिए । विमानस्थलमा लिन अाएकी एक थाई महिलाले चौधरीलाई लाओस सीमामा रहेको होटलमा पुर्‍याइन् । क्यानडा जाने आसमा कैयौं दिन बिताएका चौधरीले पटक पटक गरेर १० लाख बुझाए । केही दिनपछि पत्तो पाए, उनलाई लिन विमानस्थल आएकी थाई महिला गुरुङकै श्रीमती रहिछन् । उनलाई जस्तै क्यानडा छिराउने भन्दै अरू १६ नेपालीलाई बैंकक ल्याइएको रहेछ । ती कोही होटलमा त कोही अपार्टमेन्टमा दिन गनेर बसिरहेका रहेछन् । २७ दिन बित्दा पनि केही काम नभएपछि घरबाट खर्च मगाएर चौधरी काठमाडौं फर्के । अन्य १५ जना पनि प्रतिव्यक्ति दसौं लाख गुमाएर नेपाल फर्के । ठगिएका १६ जनाले झन्डै ५ महिनाअघि गुरुङविरुद्ध ब्युरोमा ठगी तथा मानव बेचबिखनमा उजुरी दिएका थिए । परशुरामले आफ्नो नाम अनमोल कोरांगी लामा भएको बताउँदै क्यानडाको होलीडे ईन होटलको जब डिर्पाटमेन्टको सुपरभाईजर रहेको भन्दै बनाएको फर्जी कागजात गुरुङबाट ठगिनेमा रोजगारीका लागि इराक पुगेर फर्केकी धुम्बाराहीकी बिना थिङसमेत छिन् । इराकमा रहेकै बेला बिनालाई एक दिन आफन्त विनिता लामाले क्यानडा जाने अफर सुनाइन् । उनका अनुसार विनिताले क्यानडा बस्ने गुरुङलाई चिनेको र उनैको सहयोगमा सजिलै क्यानडा जान सकिने बताइन् । आसैआसमा विना इराकबाट फर्किन् । विनिताले भनेअनुसार उनलाई सात लाख बुझाएर बैंकक पुगिन् । त्यहाँ फेरि गुरुङलाई तीन लाख बुझाइन् । उनलाई लाओस सीमाछेउको एउटा सामान्य घरमा राखियो । ‘भिसा लागिसक्यो भन्दै कैयौं दिन झुलायो अनि क्यानडा उड्ने सबै तयार हुनुस् भन्यो र आफैं बेपत्ता भयो,’ विनाले भनिन्, ‘इराकमा तीन वर्ष हड्डी घोटेर कमाएको सबै गुम्यो ।’ त्यसपछि उनी अनेकसँग हारगुहार गरेर नेपाल फर्किइन् । अधिकांश पीडितका अनुसार गुरुङले धेरैजसोलाई समूह बनाएर बैंकक बोलाउने, केही दिन होटल वा अपार्टमेन्टमा राख्ने र त्यसपछि रकम उठाएर बेपत्ता हुने गरेका थिए । पीडितसँग किस्ता किस्तामा पैसा उठाउने र बैंकक आउने टोलीमध्येकै एक जनालाई विश्वासमा लिएर अरूसँग पैसा संकलन गर्न लगाउँथे । स्याङ्जा, वालिङ नगरपालिका-१२ का नरेश थापामगर र दाजु दिनेशले २६ लाख गुमाए । नरेशका अनुसार उनले गुरुङले भनेकै आधारमा झापाका अभिषेक लिम्बूलाई मनी ट्रान्सफर कम्पनीमार्फत ११ लाख रुपैयाँ पठाइदिएका थिए । बाँकी रकम गुरुङलाई नै दिएका थिए । नरेशले कान्तिपुरसँगको कुराकानीमा आफू ठगिएपछि दोस्रो पटक गुरुङलाई समात्न बैंकक पुगेको बताए । गुरुङले बन्धक बनाएर राखेका २ र क्यानडा लैजाने आसमा पर्खिरहेका अन्य दुई जनासँग उनको त्यति बेला भेट भयो । ‘ती चार जना बल्लतल्ल नेपाल फर्के,’ उनले भने । सिन्धुलीको दुधौली नगरपालिकाका रत्नबहादुर तामाङ पनि २०७३ मा गुरुङबाट ठगिएका थिए । सेनाको जागिर छोडेका रत्न र चितवनका दलबहादुर कार्की मकाउ जाने आसमा बैंकक पुगे र गुरुङलाई १२ लाख ४४ हजार रुपैयाँ बुझाए । कैयौं दिन बित्दासमेत मकाउ लैजाने चाँजो नमिलाएपछि गुरुङलाई दबाब दिए । त्यसपछि गुरुङ बेपत्ता भए । ५ दिनपछि उनीहरू नेपाल फर्केर महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिए । कान्तिपुरसँगको कुराकानीमा रत्नले त्यति बेला ठगीमा पर्नेमा आफूहरूसहित अन्य दुई जना पनि रहेको बताए । उनका अनुसार गुरुङले दुधौलीकै उनका आफन्त मीनबहादुर तामाङसँग १९ लाख र उदयपुर गाईघाटका राजु शाहीसँग १६ लाख ठगेका छन् । ‘मेरै गाउँ वरिपरिका मात्रै २० जना जति ठगिएका होलान् । सबैको गरेर त करोडौं रकम पुग्छ होला,’ उनले भने । कान्तिपुरसँग सम्पर्कमा आएका पीडितका अनुसार लमजुङ, स्याङजा, बाग्लुङ, झापा, चितवन, उदयपुर र काठमाडौंका सबैभन्दा धेरै ठगिएका छन् । स्याङजाका नरेशका अनुसार गुरुङलाई थाई प्रहरीले पक्राउ गर्दा प्रदीप खडका र प्रदीप थापामगरलाई उद्धार गरेको थियो । यी दुईलाई गुरुङले क्यानडा लैजाने भन्दै तीन हजार डलर असुलेका थिए । थाई प्रहरीले परशुरामको गाडीमा रहेका विशाल मगर र गुमबहादुर तामाङलाई पनि उद्धार गरेको थियो । यी दुईले १५ लाख रुपैयाँ बुझाएका थिए । राजदूत अधिकारीले पर्शुरामलाई थाई प्रहरीले इमिग्रेसन डिटेन्सन सेन्टरमा नियन्त्रणमा राखेको बताए । गुरुङलाई आन्तरिक प्रक्रिया पूरा गरेर केही साताभित्र नेपाल पठाइनेछ । सीआईबी स्रोतका नेपाल प्रहरी नै उनलाई लिन बैंकक जाने तयारी छ ।