प्रधानमन्त्री ओलीले मागे राजपा नेपालसँग सात दिनको म्याद

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सविधान संशोधनको विषयमा सकारात्मक देखिएका छन् ।  आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू संविधान संशोधनको विषयमा सकारात्मक रहेको र त्यसका लागि एक हप्ताको समय दिन माग गरेका छन् । 

सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओलीले भनेको राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले बताए । 

उनले भने, ‘जे कुरा पहिला हुन्थ्यो त्यही कुरा आज पनि भएको हो, पहिला पनि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो । सात दिनपछि प्रधानमन्त्रीजीको कस्तो प्रतिकृया आउँछन त्यसमा भर पर्छ ।’
सविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाय लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको हो ।  राजपा नेपाल अध्यक्षमण्डलको बैठक एक वजेबजे पार्टी कार्यालयमा बस्दैछ ।