राजधानीमा ४.९ म्याग्निचियूटको भुकम्पको धक्का

✍ Admin    2 years ago

काठमाडौं

काठमाडौं उपत्यका लगायत देशभर भर्खरै शक्तिशाली भुकम्प धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

काठमाडौंबाट ६४ किलोमिटर उत्तरपश्चिमलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। सो भूकम्प ४.९ म्याग्निचियूटको रहेको मापन भएको छ। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

 


काठमाडौं

काठमाडौं उपत्यका लगायत देशभर भर्खरै शक्तिशाली भुकम्प गएको छ ।