के यो मोदीको चुनावी –यालीको हो यो तस्बिर ? यस्तो छ वास्तविकता

✍ बिप्लब पोख्रेल    1 year ago

फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ ।

दक्षिणपन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् ।


धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी –याली बताइरहेका छन् ।

नरेन्द्र मोदी २०१९ नामको पब्लिक ग्रुपमा एक प्रयोगकर्ताले लेखे, ‘यो पश्चिम बंगालमा भाजपाका –यालीको दृश्य हो । कूच बिहारको –याली । आज त ममता बनर्जीको निन्द्रा नै गायब भयो होला ।’

भाजपा अध्यक्ष अमित शाहले पश्चिम बंगाल भाजपालाई राज्यको ४२ मध्ये कम्तीमा २३ सिट जित्ने लक्ष्य दिएका छन् ।

पार्टीका वरिष्ठ नेता अनुसार भाजपाका केन्द्रीय नेतृत्व यसपटक पश्चिम बंगालमा विशेष ध्यान दिइरहेको छ ।

तर यो भाइरल फोटो मोदीको –याली नभएको बीबीसीले पत्ता लगाएको छ ।

यो तस्बिरको भारतीय जनता पार्टीको कुनै पनि कार्यक्रमसँग सम्बन्ध छैन ।