एक हजार पाँच सय कर्मचारी कारवाहीको सिफारिसमा

✍ बिप्लब पोख्रेल    2 years ago

राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार पाँच सय ३४ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको छ ।


केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए । उनका अनुसार ३२ जिल्लाका पाँच सय १९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार एक सय ३५ र तोकिएको पोशाक नलगाउने तीन सय ९९ कर्मचारी रहेका छन् ।

निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ ।

यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये सात सय ९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले बताए ।

#राष्ट्रिय सतर्कता केन्द्र




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल