केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौँ – संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् ।यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।


कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।

स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल