गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित एकको अवस्था अति चिन्ताजनक

✍ नारायण पोख्रेल    1 year ago

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना हुँदा पूर्व सांसदसहित एकको अवस्था अति चिन्ताजनक छ ।


पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्तिलाई दुर्घटनास्थलबाट तम्घास ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । 

बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।