फेरि चुनाव लड्ने बारे बोले ओबामा !

✍ नारायण पोख्रेल    2 years ago

एजेन्सी, बर्लिन – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केवल एउटै विषयलाई लिएर मात्र पत्नी मिसेलले आफूलाई छाडेर जान सक्ने बताएका छन् । जर्मनीको बर्लिनमा भएको एक सम्मेलनमा तीन सय युवाहरूका अगाडि बोल्दै ओबामाले यस्तो भनेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ओबामा जोडीलाई विश्वकै सबैभन्दा उदाहरणीय मानिन्छ । यस्तोमा पुनः ह्वाइट हाउसमा फर्किनेबारे उनको के विचार छ भन्ने प्रश्न गर्दा उनले सबै दर्शकहरूलाई आफू कुनै राजनीतिक पार्टीको समर्थन गर्न नआएको र आफू पहिले नै अन्तिम राजनीतिक कार्यक्रममा सहभागी भइसकेको जनाएका हुन् । यसपछि थप जवाफ दिने क्रममा उनले यस्तो भने, ‘अब म फेरि पनि राजनीतिमा लड्न गएँ भने मिसेलले मलाई अवस्य छाडेर जानेछिन् ।’


उनको सो जवाफको प्रतिक्रियामा उपस्थित सबै दर्शक जोडसँग हाँसिरहेका थिए । तर, ओबामाले भने गम्भीर भएर आफू अरू नै सामाजिक विषयमा आबद्ध रहने बताएका हुन् । यसरी बाराक मात्र नभएर पत्नी मिसेललाई पनि उनी राष्ट्रपतिमा लड्नेबारे बारम्बार प्रश्न गर्ने गरिएको छ ।

र, उनले पनि आफूलाई यसमा कुनै रुची नभएको र कहिल्यै पनि फेरि ह्वाइटहाउसमा फर्कन नचाहेको बताउने गरेकी छन् । यसरी धेरै मानिसहरूले मिसेल र बाराक फेरि राजनीतिमा लाग्ने अपेक्षा गर्दै उत्साह व्यक्त गरिरहे पनि दुवैले स्पष्ट रूपमा आफूहरूको त्यस्तो कुनै योजना नरहेको बताउँदै आएका छन् । उनीहरूले अब केबल सामाजिक कार्यमा मात्र सक्रिय रहने बताएका हुन् ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल