बारामा फेरि हावाहुरी, बिजुलीका पाेल र केही घरका छाना उडायाे

✍ नारायण पोख्रेल    1 year ago

बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेकाे छ ।


गतसाताकाे हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्।

गतसाता बढी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितकाे त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‌याएकाे छ। म‌ंगलबार बिहान असिनासँगैकाे हावाहुरी र पानीका कारणखाना पकाउन समेत नमिलेकाे बताइएकाे छ।

न्भने केही घरकाे छाना उडाएकाे छ। हुरी पीडितका त्रिपाल पनि डुबानमा परेका छन्।राहत वितरणकाे काम पनि अवरुद्ध भएकाे छ।

हवाहुरीले सिमरामा केही विद्युत्‌का पाेल ढलेका छ

गत आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २७ जनाकाे मृत्यु भएकाे थियाे भने ४ सयभन्दा बढी घाइते भएका थिए।