आज र भोलि मुलुकका विभिन्न स्थानमा मौसम बदली हुने, तराईमा हावाहुरीको सम्भावना

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौँ । काठमाडौँसहित मुलुकाका विभिन्न स्थानमा शुक्रबार र शनिबार मौसम बदली भई हावाहुरी सहित बर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा (आज) शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महाशाखाकाे भनाइ छ ।


मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आजदेखि मुलुकको पूर्वी क्षेत्रबाट प्रवेश हुने वायुको प्रभावले देशका पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुने भएको हो । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । त्यसैगरी हिमाली भागमा हल्का हिमपातको पनि सम्भावना रहेकाे महासाखाले जनाएको छ ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे मौसम पुर्वानुमान महाशाखाले बताएकाे छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

गत आईतबार अकस्मात आएको हावाहुरीले बारा र पर्सामा ठुलो जनधनको क्षति गरेकाे थियो । जसबाट २८ जनाको ज्यान गएको छ भने ६ सय बढी प्रभावित भएका छन् । सरकारले मृतकका परिवारलाई राहत तथा घरबारविहीन भएकाहरुलाई आवास निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।