देश प्रदेशको भ्रमणमा लागेका घनश्याम राजकर्णिकार

✍ बिप्लब पोख्रेल    2 years ago


घुमफिर गर्दा धेरै कुरा जान्न सकिन्छ । जहाँ घुमीन्छ त्यहाँ बसोबास गर्ने मानिसको जीवनशैली, प्राकृतिक वातावरण, सामाजीक, आर्थीक, बौद्धिक, सांस्कृतिक, ऐतिहासिक रहन सहनलाई टपक्क टिपेर मस्तिष्कमा राख्न सकिन्छ । यात्रा जहाँको पनि हुन सक्छ चाहे त्यो स्वदेश अथवा विदेशको किन नहोस् । यात्रा गर्दा एक किसिमको बेग्लै आनन्द आउँछ । यात्रा गर्दा आफूले देखेका र भोगेका कुराहरु आफ्नो आँखाको नजरमा सजिव भएर विचरण गर्ने गर्छन् । नजरले देखेका र अनुभव गरेका कुरालाई शिलशिलावद्ध तरिकाले लेख्ने गर्दा एउटा पठनिय संस्मरण बन्न जान्छ । पहिला पहिला देश देशावर घुमफिर गर्नेहरुले प्रायः लेख्ने गर्दैनथे तर आज भोली भने यसमा व्यापकता आएको छ । यो राम्रो कार्य हो ।
अहिले मेरो हातमा बरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार द्वारा लेखिएको देश प्रदेश भ्रमणको पुस्तक छ । यसको बाहिरी कलेवर पनि अत्यन्त सुन्दर र आकर्षक देखिन्छ । अव म यसभित्र प्रवेश गर्न चहान्छु । सर्वप्रथम त देश कै नामुद पर्यटकियस्थल पोखरा कै बारेमा भ्रमण गरिएका कुराहरुमा लेखिएको छ । पोखरा भ्रमण गर्ने अनुकूल अवसर प्राप्त नभए कै कारण पर्यटकिय बसमा एउटा साथीसँग पोखरा घुमफिर गरिएका कुराहरु पुरा छन् । फेवातालमा डुद्घ्गा चढेको कुरा गरिएको छ । बेलुकीको समयमा हावा लाग्ने हुँदा डुङ्गालाई हावाले ढल्पलाउन खोजेका कुराहरु परेका छन् । पोखरामा रहेका विशेष ठाऊँहरुलाई किंवदन्तिले जोडीएका कुराहरु पनि परेका देखिन्छन् । डा. के.आई. सिं पुलको बारेमा वर्णन गरिएको किंवदन्ति, सेती नदी र काली नदीको बारेमा वर्णन गरिएका किंवदन्तिहरु, एउटा मगन्ते बुढीले गरेका कुराहरु र हाल विद्यमान फेवाताल ६—७ दिनको ठूलो झरी र बर्षा पछि पानी जमेर कसरी फेवाताल बन्यो ? त्यहाँ बसोबास गर्ने मानिसहरुले आफ्नो जीवनलाई कसरी समाप्ती गर्नु पर्यो ? भन्ने जस्ता किंवदन्तिहरुले पोखराको गरिमालाई उँचो बनाउन पुगेका कुराहरुलाई सविस्तार बर्णन गरिएको देखिन्छ ।
यसैगरी काठमाण्डौंलाई देखाउने स्वयम्भू डाडाको बारेमा पनि त्यत्तिकै चर्चा परिचर्चा गरिएको देखिन्छ । साथै देश प्रदेश भ्रमणका भ्रमणकर्ता घनश्यामराज राजकर्णिकारले आफू कक्षा आठमा पढ्दाखेरी स्वयम्भू वनभोज गर्न आएका कुराहरु उल्लेख गर्नुका साथै आफूलाई पढाउने शिक्षक बासुदेव लुईटेलका बारेमा मनग्य सँग गहकिलो पक्षको पाटो फुकाईएका प्रसङ्गहरुलाई पनि रोचक पाराले जोडीएको देखिन्छ । यस्तै स्ययम्भू वानरको बारेमा अध्ययन गर्ने एक विदेशी महिलाले वानर कै बारेमा अनुसन्धान गरी पि.यच.डी.गरेका कुराहरु पनि उल्लेख गरिएको देखिन्छ । यस बाहेक यतिखेर यो शिलशिलामा अन्य लेखनका विषयहरुमा स्वयम्भूनाथको बारेमा यस्को उत्पत्ति कार्य क्षमता र यहाँ बस्ने भिक्षु भिक्षुणिहरुका बारेमा पनि यथेस्ट वर्णन गरिएको देखिन्छ ।
यसरी बनारसका घाटको चर्चा गर्दा कुन घाटमा कतातिरका मानिसहरु बढी बस्ने गर्छन् र कस्ता घाटहरुमा घर्मावलम्बीहरुले कसरी पूजा गर्छन् । घाटको महत्व के हो ? गङ्गाको किनारमा आधा भाग शरिरलाई डुबाएर सूर्यको आराधना भक्तजनहरुले कसरी गर्दछन् भन्ने कुराको चर्चा यहाँ गरिएको देखिन्छ । यसैगरी एउटी हठी आमालाई उनको इच्छा अनुशार बनारसमा राखी दिएको तर छोराले पठाईदिएको रुपिया पैसामा ति नाताले मामा पर्नेले आमालाई घरबाट निकाली दिएर बनारसको गल्लीमा आमा माग्दै हिँडेको कुरा एकातिरको प्रसङगमा यसरी झल्किएको देखिन्छ भने अर्को तर्फ आमालाई महिनैपिच्छे पठाईदिएको पैसा निज मामा पर्नेले लिने गरेको कुरालाई जोडीएको देखिन आउँछ । यसैविचमा अचानक छोरीले बनारसमा बसेकी आमालाई भेट्न जाने इच्छा जागेर आफ्नो श्रीमान सँग बनारस पुगेर उत्रेकी छोरीले आमालाइृ भेट्नको लागि मिठाई किनी दिएर भेट्न जाने क्रममा आमालाई माग्दै हिँडिरहेको अवस्थामा देखी छोरीले आफ्नै आमा हो भन्ने चिनेर यस्तो अवस्थामा भेटीएकी आमालाई अङ्गालो मार्दै गरेका दुःखदायी र कारुणिक कुराको वर्णन गरिएको देखिन्छ ।
यसैगरी जर्मनको फ्र्याङ्कफर्टका बारेमा कुरा उठाईएको देखिन्छ । जर्मनका नाजीरहरु खतर्नाक हुँदा रहेछन् उनिहरुले मानिसलाई दुःख कष्ट दिएर मार्दा रहेछन् । यसैगरी हिटलरको अभद्र तानाशाही प्रबृत्तिका कुराहरुको बारेमा सविस्तार वर्णन गरिएको देखिन आउँछ । यसै प्रसङ्गमा हिटलरले १० लाख कैदीहरुलाई मारेको, ग्याँस च्यम्वरको विशालु कोठामा मान्छेलाई जवर्जस्त छिराएर मारी दिएका,े यस्ता अमानविय कुकृत्य कार्य गर्ने नाजीहरुको मानवप्रतिको निर्दयी व्यवहारको बारेमा उल्लेख्य कुराहरुको बारेमा सविस्तार वर्णन गरिएको देखिन्छ । यस्तै एउटा शर्मा भन्ने नेपालीलाई फ्रेङ्कफर्टमा भेटेर सहयोग गरेको कुरा समेत यहाँ उल्लेख गरिएको देखिन्छ । पुस्तक पढ्दै जाँदा मलाई एउटा कुरा के आश्चर्य लाग्यो भने यहाँ खाने वाला पाउरोटीमा सुङ्गुरको बोँसो मिसाएर तयार पारिदो रहेछ । वास्तवमा पाउरोटीलाई नेपालमा साकाहारी खाना भनेर भन्ने गरिन्छ । तर बाहिर भने यस्तो हुँदो रहेनछ । नियात्राकार स्वयम् साकाहारी भएको हुँदा यो परिस्थितिबाट टाढा रहन निकै हम्मे हम्मे भएको कुरालाई यसरी अनुमान लगाउन असहज नहोला ।
यसरी ताजमहलको बारेमा आफूले सुनेकै भरमा हेर्न गएका कुराहरु लेखिएको छ भने रिक्सावालाले ताजमहल लैजान्छु भनि झण्डै ठग्न पुगेका कुराहरुलाई पनि यहाँ देखिएका छन् । साहजाँहले रानी मुमताजलाई उनको सम्झनामा महल बनाई दिएको यो सुन्दर ताजमहल बारेमा र यसको सक्दो प्रशंसा गरिएको देखिन्छ । संसारका ७ आश्चर्यजनक चिजहरु मध्येको एक आश्चर्य जनक चिज अन्तर्गत पर्दछ यो महल पनि । यो ताज महलको परिदृश्यले नियात्राकारको मन पुलकित हुँदै पग्लीन पुगेको छ । यस भित्र मुमताजका २ वटा चिहान रहेछन् । एउट सर्व साधारणलाई देखाउने चिहान अर्को वास्तविक मुमताज कै चिहान जस्लाई राजा माहाराहरुलाई मात्र देखाउने गरिदो रहेछ ।
यसैगरी फ्रान्सको पेरिसमा दोस्रो पटक भ्रमण गर्न पुगेका कुराहरु यहाँ उल्लेख गरिएको देखिन्छ । फ्रान्समा पुगेका वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई फ्रान्सेली भाषा नजान्दा समस्या परेको देखिन्छ । इङ्गलिस फ्रान्सेलीहरुले राम्रोसंग नजान्दा पनि यस्तो समस्या देखिन आएको हो भन्ने बुझाई मेरो रह्यो । पेरिस शहरलाई संसारको सबैभन्दा सुन्दर शहर भनेर भन्ने गरिन्छ । फ्रान्सेलीहरुको राष्ट्रिय गुण भन्नु नै स्फूर्तिलो पन हो । यहाँको जलवायू मध्यम बर्गिय भएकोले नै उनिहरुमा स्फूर्तिपन आएको पो हो कि भनेर नियात्राकार यसरी ठोकुवा लगाउँछन् । फ्रान्सेलीहरुमा नेपालीहरु जस्तै अभावै अभावमा बाँच्नु परेका चेहराहरु देखिदैनन् । नियात्राकारले फ्रान्सको सानो तिनो इतिहास कोर्न समेत भ्याएका कुराहरु परेका छन् यहाँ । दोस्रो विश्व युद्धताका हिटलरको पालामा फ्रान्स चार वर्ष सम्म जर्मनिहरुको अधिनमा बस्नु परेका कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ भने राष्ट्रबादी व्यक्ति देगाल र उनले देखाएको राष्ट्रभक्तिका बारेमा थोरै भए पनि राम्रो सँग चर्चा गरिएको देखिन्छ । बान बाङले क्षमा याचना मागी नियात्राकारलाई लेखेको पत्रमा बुद्ध नेपाल मै जन्मेका हुन् मैले व्यर्थ तपाईसँग विवाद गरेर समय खेर फाले भन्दै नियात्राकारलाई क्षमा याचना माग्दै लेखिएको चिट्ठीबाट स्वयम् नियात्राकार नै रोमाञ्चित बन्न पुगेको यहाँ उल्लेख गरिएको देखिन्छ । यसै प्रसङ्गमा पुरुष शौचालयमा सूची गर्न पुगेका नियात्राकारका भ्रमित आँखाको बारेमा चर्चा गरिएको देखिन्छ भने संंंसारको सबैभन्दा सुन्दर शहर पेरिसमा पनि माग्ने मान्छेहरु पाईदा रहेछन् भन्ने चर्चा गरिएको देखिन्छ । यि माग्ने मान्छेहरुमा फरक तरिकाले माग्ने मगन्ते पनका बारेमा कुरा उठाईएको देखिन्छ । यहाँ नियात्राकारको भनाईमा के देखियो भने आफ्नो दोस्रो पटकको भ्रमण गर्ने इच्छा त पुरा भएको तर भाषाको समस्याले केही असजिलो परेका कुराहरुको पोको फुकाईएको देखिन्छ ।
यसै सन्दर्भमा नियात्राकार राजकर्णिकारले मुम्बै सहरको बारेमा पनि विस्तृत रुपले वर्णन गरिएको कुरा पनि यहाँ पढ्न पाईन्छ । मुम्बै चलचित्रमा खेल्ने नायक नायिकाहरु बस्ने ठाऊँ हो भनेर भन्ने गरिएता पनि कामको शिलशिलामा नेपालबाट मुम्बै गएर काम गरी लाहुरे बनेर नेपाल फर्कने नेपाली लाहुरेहरु त्यहाँ प्रसस्त भेटिन्छन् नियात्राकार स्वयम् काठमाण्डौ शहर बस्ने मान्छे एक्ककासी मुम्बैमा पुगेको कुरा र त्यहाँ काठमाण्डौबाट मुम्बै पुगेका सानचालाई पैसाको समस्यादेखि लिएर अन्य धेरै मामलामा सघाएको कुरा गरिएको देखिन्छ ।
वास्तवमा भन्ने हो भने मुम्बैलाई भारत बासीहरुको भूस्वर्ग नै हो भनेर भन्ने गरिन्छ । यहाँ देवी देवताका अनेक मन्दिर, मस्जिद, गुम्वा र गीर्जा घरहरु छन् । यस्ता मन्दिर र ग्रीजा घरहरुमा स्वयम् नियात्राकार घुम्न पुगेको कुरा यहाँ उल्लेख गरिएको देखिन्छ । अतिरमणिय मुम्बै शहर हेर्न देख्न घुम्न र यहाँको सुन्दरता वर्णन गर्न अति लायकको पनि देखिन्छ । मुम्बै शहरको पेटीमा रात बिताउने मानिसहरुको कमी छैन । पेटीमा नै फुटपाथ व्यापारीहरुले आफ्नो पेशा चलाएर बसेका कुराहरु पनि यहाँ यसरी नै गरेको देखिन्छ । मुम्बै कसरी रहन गयो भन्ने बारे इतिहासका कुरा पनि गरिएको देखिन्छ । वास्तवमा भन्ने हो भने मुम्बैलाई चलचित्र कर्मीहरुको घर नै हो भनेर भन्न सकिने कुराहरु यहाँ धेरै देखिन्छन् । लाल बहादुर शास्त्री, जवाहरलाल नेहरु जस्ता प्रसिद्ध राजनितिक व्यक्तिहरुले पनि मुम्बैमा आएर आफ्नो सरल जीवन विताएर बस्ने गरेका कुराहरुको वर्णन दह्रै तरिकाले गरेको देखिन्छ ।
वास्तवमा भन्ने हो भने एउटा नियात्राकारले आफूले जे देख्यो त्यहीँ लेख्छ । जे सुन्यो त्यहीँ टिप्छ । यसरी सुनेर देखेका कुराहरुको स्ंस्मरण बनाउँदा पढ्ने र अध्ययान गर्नेहरुको लागि रोचक र रमणिय स्वतः बन्छ नै । नियात्रालाई रोचक बनाउन सक्ने मुख्य परिवेश हो त्यहाँको वातावरण । नियात्रा गरिएका पुस्तहरु पढ्दा स्वयम् पढ्ने व्यक्ति नै त्यस ठाऊँमा पुगे जस्तै प्रतित हुन्छ । नियात्राको मूल धर्म नै त्यहाँको परिस्थिति र वातावरणको हुवहु वर्णन गर्नू हो । यसो गर्दा आफूले देखेर अनुभव गरेका विषयवस्तुहरुले स्वतः प्रवेश पाउन सक्छन् । नियात्रा लेखनमा स्थापित भईसकेको कलम अन्य विधा तर्फ जान सक्दैन । कलम आफैमा व्यस्त हुँदै नियात्रा मै रमाईरहन्छ । वास्तवमा भन्ने हो भने कुनै एक विधामा दख्खल हुनेहरु अर्को विधा तर्फ लाग्नु हुँदैन । विधामा दख्खल हुनेहरुको विशेषता बेग्लै हुन्छ । ऊ यहीँ विधाबाट आफू चिनीएको हुन्छ । कुनै पनि विधाको सूचीमा उल्लेख्य तरिकाले नाम समावेश हुनु भनेको राम्रो र अति उत्तम कार्य हो । यो देश परदेशको भ्रमण पनि यस्तै रोचक र रमणिय कुराहरुले भरिएको पाठकलाई मन पर्ने नियात्रा हो । आगामी दिनहरुमा नियात्राकारका यस्तै यस्तै अनेकौ पुस्तकहरु पढ्न पाईयोस् यहीँ शुभकामना !!!