आईपीएलमा सन्दीपको शानदार सुरुवात

✍ बिप्लब पोख्रेल    1 year ago

एजेन्सी । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले  दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राइडसविद्वको पहिलो राजाईमा खेल्दै यस सिजनको आईपीएलमा शानदार सुरुवात गरेका छन् ।


सुरुवाती २ ओभरमा सन्दीपले विकेट लिँदै ७ रन खर्चेका छन् । इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा १ रन मात्र खर्चे । 

पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो । सन्दीपले निखिल नायकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए ।