भेटिए प्रेम सञ्जेल जस्तै अर्का देशभक्त उपसचिव इश्वरी पोखरेल (हेर्नुहोस् भिडियो)

✍ Admin    1 year ago

काठमाडौँ । नेपाल सरकार शिक्षा सोवा अन्तर्गतका उपसचिव इश्वरी पोखरेलले सरकारले गरेको कर्मचारी समायोजनलाई कथित  समायोजनको संज्ञा दिएका छन् । उपसचिव पोखरेलले उक्त समायोजनलाई आफूले कुनै पनि हालतमा नमान्ने ठोकुवा गरेका हुन् ।

ओटिभी नेपालमा पत्रकार शिवशक्ति आचार्यसँगको कुराकानीमा उनले सरकारले समायोजन शब्दको दुरुपयोग गरेको भन्दैँ कडा आक्रोश पोखेका छन् । समायोजनको नाममा शिक्षा सेवाका कर्मचारी माथि सरकारले ठूलो अन्याय र अपमान गरेको उनले आरोप लगाएका छन् ।

हेर्नुहोस् पूरा अन्तरर्वार्ताः–


अपमानजनक तरिकाले जवर्जस्ती लादिएको कर्मचारी समायोजन म कुनै पनि हालतमा स्विकार गर्दैन बरु मलाई बर्खास्ती गर्न चुनौती दिन्छ्, उनले भनेका छन्, एक्लो पारेर नजरअन्दाज गर्न खोजीए म रक्तविज बन्न तयार छु ।

सरकारको कर्मचारी समायोजनप्रति निकै आक्रामक रुपमा खनिएका उपसचिव पोखरेलले नेपालका घुसखोर भ्रष्ट कर्मचारीहरुको समेत पर्दाफास गरेका छन् ।

स्रोत : अनलाइनमार्ग