‘क्याप्टेन’ को रेकर्ड ‘ए मेरो हजुर ३’ को ट्रेलरले तोड्यो

✍ बिप्लब पोख्रेल    1 year ago

अभिनेता अनमोल केसीलाई युट्युबका ‘किंग’ भन्ने गरिन्छ । किनकि, उनी अभिनीत फिल्मका गीतसंगीत र ट्रेलरले युट्युबमा एकपछि अर्को गर्दै रेकर्ड आफ्नो नाम गरिरहेका छन् ।


‘ए मेरो हजुर ३’ को ट्रेलरलाई २४ घण्टामा ८ लाख ११ हजार बढी पटक हेरिएको छ । पूर्ण रुपमा कमर्शियल बनाइएको ट्रेलरलाई ४९ हजार बढी लाइक्स मिलेको छ भने कमेन्ट गर्नेहरुको संख्या २४ घण्टामा ७ हजार ७ सय बढी छ । ट्रेलरले अधिकांशको मन जितेको छ । 
 
अभिनेता अनमोललाई ट्रेलरमा दुई रुपमा देख्न सकिन्छ । उनी फिल्ममा डबल रोलमा हुनसक्ने अनुमान लगाइएको छ । यस फिल्मबाट डेब्यू गरेकी सुहाना थापाको अभिनय र सुन्दरतालाई पनि थुप्रै तारिफका कमेन्ट प्राप्त छन् । उनलाई हाइट कम भएको प्रतिक्रिया पनि धेरै छन् । यद्यपि, अनमोलसँग उनको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ गीतसँगै सार्वजनिक ट्रेलरले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । 
 
सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झा, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । यसमा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी छ । फिल्म यही चैत २९ गतेबााट मुलुकभर प्रदर्शनमा आउँदैछ ।
https://youtu.be/g6bO3GKFI8A