संभावना नै संभावना रहेको नेपालमा लगानी गर्न पूर्व अर्थमन्त्री महतको आग्रह

✍ बिप्लब पोख्रेल    1 year ago

पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दै उनले संभावना नै संभावना रहेको मुलुकमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई लगानी आग्रह गरे । 


उनले राजनीतिक खिचातानीमा लामो समय गुजारेको मुलुक राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गरे । उनले  राजनीतिक स्थिरतासँगै मुलुकको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उनले बताए । विदेशी लगानीलाई प्रोत्साहन गर्न कांग्रेसले पूर्ण समर्थन गर्ने बताउँदै उनले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका सरकारसँगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने उनले बताए । उनले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको उनले बताए । उनले मुलुकको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पुर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिए ।