छाउनी अस्पताल पठाइयो तीन सैनिक

✍ बिप्लब पोख्रेल    2 years ago

गलकोट । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् ।


तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए । 

गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते एक जनाको नाम खुलेको छैन । 

देवकोटाका अनुसार एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै भएको थियो ।