दिपकराज गिरी अब चलचित्र वितरक पनि

✍ Admin    2 years ago


काठमाडाैं – दिपकराज गिरी नेपाली चलचित्र बजारलाई एकपछि अर्को ब्लकबष्टर चलचित्र दिन सफल निर्माता तथा कलाकार हुन् । उनी पछिल्लो समय दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतको टिममा रहेर चलचित्र निर्माण गर्दै आएका छन् । दिपकराज गिरी नेपाली चलचित्र क्षेत्रलाई छुट्टै उचाइमा पुर्याउन योगदान दिएका सफल निर्माता तथा कलाकारका रुपमा चिनिन्छन् । चलचित्रको कथा लेखन कार्यमा पनि उनलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनले निर्माण गरेका हरेक चलचित्र हरुले एकपछि अर्को रेर्कड बनाउँदै गएका छन् ।

पछिल्लो समय दिपकराज गिरीसँग सहकार्य गरेर चलचित्र निर्माण गर्न पाए सफल भइन्छ भन्ने निर्देशक तथा निर्माताहरु धेरै छन् ।हास्यकलाकार, निर्देशक, निर्माता, लेखक हुँदै उनी पछिल्लो समय चलचित्र वितरण कार्यमा पनि अगाडि बढेका छन् । दिपक अहिले एफडी कम्पनीमा प्रवेश गरेका छन् । एफडी कम्पनीलाई काठमाडांै बाहिरको चलचित्र वितरणमा शक्तिशाली मान्ने गरिएको छ । दिपकराज गिरीे अब यो कम्पनीका शेयरहोल्डर हुनेछन् ।एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन लगायत अन्य पदाधिकारीहरुले उन लाई कम्पनीमा स्वागत गरेका छन् ।