सर्पले डसे के गर्ने ?

✍ बिप्लब पोख्रेल    1 year ago

सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट गहना र कपडा फुकाल्नुपर्छ । उक्त ठाउँमा दह्रो गरी पट्टी बाँध्नुहुँदैन ।जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ ।


जस्तो छ, त्यस्तै अवस्थामा घाइतेलाई स्थिर राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन । जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ ।घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । सर्पले टोकेको चार घन्टाभित्र एन्टिवेनमको इन्जेक्सन दिनुपर्छ । डसेपछि सर्प मार्ने असफल प्रयास गर्नुहुँदैन । किनकि, बिच्किएर उम्किएमा त्यसले अरूलाई पनि डस्न सक्छ ।चुसेर विष निकाल्ने प्रयास गर्नुहुँदैन ।अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन ।