भारतीय कन्टेनरको धन्दा : आउँदा सामान ल्याउने, जाँदा लागुऔषध बोक्ने

✍ बिप्लब पोख्रेल    2 years ago

धादिङ – धादिङ प्रहरीले पृथ्वी राजमार्ग्स्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् ।


काठमाडौँमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो । ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले  साे चरेश फेला पारेको हो ।   

पछिल्लाे समय पृथ्वी राजमार्गमामा जाँच गर्दा खासगरी भारतीय नागरिक लागुऔषध र पर्दाथसहित बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए । याे समाचार सरिता श्रेष्ठले नागरिकमा लेखेकी छन् ।