काठमाण्डौ आइरहेको विमान खतरानाक दुर्घटना हुनबाट केही सेकेण्डले मात्र यसरी जोगियो

✍ नारायण पोख्रेल    2 years ago

मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डौ आइरहेको विमान र अर्को विमानसँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको समाचारमा जनाइएको छ ।

गएको शुक्रबार अपरान्ह संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ ९एएफ २५३० ठोक्किनबाट बचेको हो ।


‘ती दुई विमान ५.५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएरअनुसन्धान थालिएको समाचारमा जनाइएको छ ।