भूकम्प…..

✍ नारायण पोख्रेल    2 years ago

तिमि आउछौ ।थाहै
नदीई झुपड़ी हल्लाएर
मेरा सपना छताछुल्ल
बनाएर खै किन घरी घरी

कहिले तिमि कम्पन बनेर
झुपड़ी देखी महल तहस नहस
पार्छौ । कहिले तिमि देखेका मीठा
सपना सजाउदै चालेको गंतब्यमा
पुग्न नपाई बच्चा , बृद्धा , युवा नभनी
कसैलाई आसुले त कसैलाई रगतले
मुछिरहन्छौ ।


खै किन तिमि यत्ति निर्दयी भयौ ।
तिमि कंम्पन मात्र बनेर आउदा
तिमि देखी म डरीरहनछु ।
सोचिरहन्छु खै किन
फेरी मेरै बच्चा टूहुरा हुदैछन ।
घरबार बिहीन हुदै छन ।
हास्ने खेल्ने उमेरमा
जन्मलिएका आमा बाबु बाट
काख खोसीदै छन ।
तिम्रो रूप देखी खै किन
कापिरहन्छु ।

मलाइ याद छ ।
तिमिले आफ्नो कुरूप
देखाएको दिन कहा भूल्न
सक्छु र म बाचेको दिन
कति निसास्सिर मृत्यु मुखमा पुगे ।
कति घरबार बिहीन भए ।
कति अनाथ कति टूहुरा भए ।
कति अपांग , कति असक्त र कमजोर भए
जो स्वास लिएर कठिन जीबन बाचीरहेछन ।
उनका चाह माथि कालो बादल
भयानक मोड़ लिई घुमीरहेछ ।
उनका गंतब्यमा बिसालु सर्प बनी उनीलाई डसिरहेछ।
कहिल्ये नूउठने गरी सधै सधै

बिनती छ भूकम्प तिमि
कंम्पन बनेर ताजा घाउमा नूनचूक नछर्क।
भग्नावशेष बाट उठेको छैन अझै
तिम्रै कंम्पनले कॉपीरहेछु
उठने दाउमा जिंदगी नापी रहेछु ।
कंम्पन बनेर न आउ तिमि
कम्पनको जीबन बाचीरहेछू ।
तातो खूनमैं मुछिएर
यही जीबन हासिरहेछु ।

साहित्य: प्रेमी बाबु ब्यास