पुष्पकमल दाहाल अमेरिका प्रस्थान

✍ बिप्लब पोख्रेल    2 years ago

 

नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आइतबार अपराह्न अमेरिका प्रस्थान गरेका छन् ।

 


दाहाल पत्नी सीताको पार्किन्सन रोगको उपचारका लागि अमेरिका गएका हुन् । अमेरिकामा सो रोगको राम्रो उपचार हुन्छ भनेकाले जान लागेको दाहालले बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले संचारकर्मीमाझ पत्नी सिताले पनि अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि जान लागेको स्पष्ट पारे । यस अघि सो रोगको उपचारका लागि पत्नी सितालाई सिंगापुर लगेको र केही समय त्यसले सहज बनाएको बताए ।

दाहाल पत्नी सितालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’  अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको सो रोग सम्बन्धि अर्को रिसर्च सेन्टरमा पनि पत्नी सिताको स्वास्थ्य परिक्षण गराउने दाहाल जानकारी दिए । 
दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि छन् । उपचारमा एक हप्ता भन्दा बढी समय लागे पत्नी सितालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल