गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

✍ बिप्लब पोख्रेल    2 years ago

भारतका गोवा प्रदेशका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनकाे अवस्था केही दिनयता थप गम्भीर बन्दै गएकाे थियो । 


मुख्यमन्त्री पर्रिकरलाई एक वर्षअघि प्यान्क्रियाटिकमा क्यान्सर देखिएकाे थियाे । उनकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।