पत्नी सीता दाहाल को उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

✍ नारायण पोख्रेल    2 years ago

लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ अमेरिका प्रस्थान गर्दैछन्।

प्रचण्डका साथ पत्नी सीता, छोरी गंगा तथा सीताको हेरचाह गरिरहेकी एक नर्स पनि अमेरिका जाँदैछन्। पत्नीको उपचारका लागि प्रचण्ड अमेरिकामा १० दिन रहनेछन्।

 प्रचण्ड अमेरिका जानुअघि नै नेकपामा सांगठनिक एकता टुङ्ग्याउने प्रयत्न नेताहरूले गरेका थिए।

सो एकताको काम अझै सकिएको छैन।

त्यसैले प्रचण्डलाई भ्रमण सार्न पार्टीभित्रबाट कतिपयले सुझाएका छन्। आफ्नो अमेरिका भ्रमणबारे प्रचण्डले अहिले नेताहरूसँग परामर्श गरिरहेका छन्।


प्रचण्डका सहयोगी विष्णू सापकोटाले सेतोपाटीसँग भने, ‘सीता दाहाल, छोरीगंगा र सहयोगी नर्स साँझ ५ बजे अमेरिका जाने टुङ्गो छ। अध्यक्ष जाने वा नजाने १२ बजेसम्ममा टुङ्गो लाग्छ।’

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन्। उनलाई यसअगि भारत, सिङ्गापुर लगायतका मुलुकमा धेरैपटक उपचार गराइसकिएको छ।