सप्ताहव्यापी धर्ना थालेका उपसचिवले मानव अधिकारवादीलाई साक्षी राखी कार्यक्रम स्थगन गरे ।

✍ सम्पादक    2 years ago

२०७५ फागुन ३० देखी चैत्र ६ गते सम्म सात दिन ध्यानाकर्शन धर्ना प्रारम्भ गरेका उपसचिब ईश्वरी प्रसाद पोख्रेलले निर्धारित समय भन्दा एक घण्टा ढिलो ९ बजे माइती घर मण्डलामा दोश्रो दिन धर्ना बस्न जाँदा प्रहरीले अति शिष्ट तथा सभ्य तरिकाले धर्नाकारी उपसचिवलाई १० मिनेट जति ब्यानर प्रदर्शन गर्न उनका सहयात्रीहरुलाई साथ दिए । उपसचिव बसेर नै कुनै सम्बेधन नगरी धर्नाकाबारे भाबनात्मक प्रतिकृया बोल्न शुरु गरेका थिए तर प्रहरीले बीचमा नै गाडीमा रfखेर सिंहदरबार बृतमा पुराइयो।


हिरासतमा राख्ने क्रममा सबै सामग्री बुझाउने भनिँदा उपसचिब कुनै कुरामा धेरै कडकीयको सुनेर डिएसपि कार्यकक्षमा उपस्थति मानब अधिकार परिषद नेपालका अध्यक्ष श्री तुल्सी थापाले उपसचिब जस्तो ब्यक्ति धर्नामा बस्नु र सरकारले  सार्बजनिक सवालामा तथा प्रशासनिक सुशासनका पक्षमा उठाइएका मुद्दामा  उदासिनता देखाउनु दुबै आश्रश्चर्यजनक पक्ष हुन । यसर्थ यो धर्ना कार्यक्रम तुरन्त स्थगित गर्नुपर्छ र सरकारले ठुला ठुला समस्या र विवादहरु छलफल बार्ताबाट समाधान गरेकाले यस्ता प्रशासनिक मुद्धाहरुलाई अन्त राष्ट्रिय रुपमा नकारात्मक सन्देश प्रवाह हुने किसिमले बेवास्ता गर्नुहुँदैन भनेर प्रमुख जिल्ला अधिकारीलाई लिखित निबेदन दिने र नेपाल सरकारसँग छिटो सुनुवाइ प्रकृया थाली बिश्वासमा तपसिल बमेजिम पत्र नेपाल सरकारलाई दिएर उपसचिब पोख्रेलले देस्रे दिनके छ घण्टे प्रहरी हिरासतबाट मुक्त भएके समाचार प्राप्त भयको छ ।