ढुङगाले हानेर हत्या गरिएको अवस्थामा शव फेला

✍ नारायण पोख्रेल    2 years ago

बझाङ – चैनपुरमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।सदरमुकाम चैनपुरमा एकजनाको ढुङगाले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक प्रविण धितालका अनुसार सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो ।


उक्त शब चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ ।