दाङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

✍ सम्पादक    2 years ago


राष्ट्रपति विद्यादेवी भण्डारीले दाङमा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन्। 
उनले आज टवीट्मार्फत् शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन्। साथै, उनले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।