गुण्डागर्दी समाप्त पारिन्छ : आइजीपी खनाल

✍ बिप्लब पोख्रेल    2 years ago

परासी– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डा र अपराधीहरुलाई तह लगाएरै छाडने बताएका छन् । पश्चिमी नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्दघाटन गर्न पुगेको प्रहरी महानिरिक्षक खनालले भने, ‘ देशमा बढदै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाक्लाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेका छौं ।’ 


प्रहरी महानिरिक्षक खनालले अपराधी तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको बताए । खनालले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनीति अप्नाएर काम गरिरहेको समेत जानकारी दिए । 

खनालले एक औपचारिक कार्यक्रमबीच नवलपरासीको सुनवल नगरपालिका ११ जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको नव निर्मित कार्यालय भवनको रिबन काटेर उद्दघाटन पनि गरे । प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयाँमा ३ तल्ले २४ कोठे भवनको निर्माण गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथि अतिरिक्त प्रहरी महानिरिक्षक धिरु बस्नेत, सुनवल गरपालिका प्रमुख भीमबहादुर थापा क्षेत्री, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, लगातयले मन्तव्य राखेका थिए ।