राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन् । 


महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका गएकी हुन् । 

लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्रा्िष्ट्रय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन् । 

यस्तै, साइडलाइन बार्तामा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल