नारी

✍ बिप्लब पोख्रेल    2 years ago

हे स्त्री तिमि को हौ ।
तिमीले गर्दा नै
ब्राह्ममण्डमा
मानब जातिले
बरदान पाएको छ।


कति सोचेर बनायो होला ।
भगवानले पनि तिमीलाई
जातले स्त्री भनी दियो तर
नाम अनेक राखिदियो ।
आमा , दीदी बहिनी
भाउजु अनेक रूप दियो ।

कति साहस छ ।
कति धैर्यता छ ।
कति जिम्मेवारी छ ।
सायद दुइ सब्दमा
बयान गर्न नसकुला ।

तिमिमा आफ्नै रूप छ ।
आफ्नै शैली छ । जस्तो परिस्थितिमा
पनि सामना गरी आफुले आफुलाई बदल्न सक्छौ ।
तिमीलाई कोही माता भनी पुकार्छन ।
कोही काली भनी पुकार्छन ।
कोही डायना भन्छन ।
किनकी जसले जस्तो ब्याबहार देखाउछ।
तिमीलाई त्यस्तै बदला लीन पनि आउछ ।
तिमि त्यही मोडमा ढल्न जानेकी छौ ।

तिमीलाई जसले सरल स्वाभाबले अजमाउछ ।
जसले एउटा नारी भनेर तिम्रो कार्यको प्रसंसा गर्छ ।
हो त्यही घरमा हरेक दिन प्रेमको दिप बलेको छ।
त्यही घरपरिबारमा सूख समृदी छ ।एक हरसुल्लास छ ।
जहां नारीको संम्मान छः त्यहाँ स्वयं भगवानको बॉस छ ।

जून घरमा नारी अपहेलित छन ।
त्यों घर औसिको रात जस्तो अंधेरो रात छ ।
सुख समृद्धिको ठाउँमा कलह झैझडाले बॉस गरेको छ ।
चैतरफा समाजमा हिंसा , बलात्कार , लूटपाट
चोरी डकैती निम्ती रहेको छ ।
फलस्वरूप नारी एउटा घर
समाज , टोल हुदै आज नारी
अंतरास्ट्रीय स्तर सम्म कमजोर हुदै गएका छन ।
आफैमा दबीएका छन ।
आफैमा लुटिएका छन ।
कोही पर्दा पछाड़ी छन त
कोही पर्दा अगाडि नै अपरिचित छन ।
अनि गुमनाम छन ।

बोल्न सक्दैनन ।
उनको बोली र अस्मिताको कीन बेच चलेको छ ।
कोही रात रंगीन बनाउने कुरा गर्छन ।
कोही लोभ लाभ देखाई दुष्कर्म गरीरहेछन ।

अत्ति भयो हे नारी तिमि हामी अब उठनु पर्छ ।
धेरै सहन गर्यौ अहंकारका धहरिला बाण
अब यि बाण पार गर्नु छ । आउ उठ
नारि सक्तिको स्वाद चखाउनु छ ।
परिबार बाटै एक हासो दिएर ओठमा
हौसला सँगै विजयी हुनु छ ।
नारिमाथिको आबाज माथि
एक हर्सका बुनियादीको
बुलंद गर्नु छ ।

हे मनुष्य आउ स्त्रीको संम्मान गरौ ।
यो अंधेरो घरमा फेरी एक रोसनीको दिप बालौ ।
नारीलाई कुनै बच्चा जन्माउने मसीन होइन ।
नारी सक्ति एक अपार सक्तिको नाम दियौ ।
उ आफैमा भाग्यशाली छ । आफैमा जिम्बेबार छ ।
रूप देखि स्वरूप सबै उसमा भरीरको छ ।
त्यसैले उ स्त्री हो । उ नारी हो आफैमा सक्छम छ।

नारीलाई सम्मान गर ।सरल स्वाभाबले जिम्बेवारी निभाउ।
सधै सधै किनकी तिमीलाई जन्म दिने पनि एक नारी हुन ।
एक महान आमा हुन ।जो आफैमा स्वयम भगवान पनि हुन ।

( अंतरास्ट्रीय महिला दिबसको अबसरमा हार्दिक शुभकामना संपूण पाठकहरुमा )

 

रचियता : बाबु ब्यास
गुल्मी तमघास
नेपाल