आजदेखि माउन्टेन हाइड्रोको आइपीओ निष्कासन

✍ Admin    2 years ago

काठमाडौं, फागुन २३ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन गरेको छ । यसको शेयर आवदेन आजदेखि (फागुन २३ गते) देखि छिटोमा २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन पाइने यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

माउन्टेन हाइड्रोले निर्माण गर्ने यो आयोजनाका लागि न्युनतम ५० देखि अघिकतम ८० हजार कित्ता शेयर आवेदन दिन पाउँने गरी शेयर निष्कासन गरिएको छ ।


यो कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको जारी पुँजी रहेको छ । यो कम्पनीले १० प्रतिशत अर्थात १२ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि गत असार २२ गते नै निष्कासन भएको थियो । यसबाट ६ लाख ८३ हजार ८९० कित्ताको लागि मात्रै आवेदन परेको र बाँकी रहेको ५ लाख ६६ हजार ११ हजार कित्ता शेयर सर्वसाधारणको लागि बेचिने भएको छ ।

यो आयोजनाले ३६ हजार ३२२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ्ट्याएर बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको सर्वसाधाणका लागि बिक्री गर्ने भएको छ । यो कम्पनीले स्वकृत विवरणपत्र मार्फत निष्कासन गरिने साधारण शेयरको सार्वजनिक निष्काशन गर्नका लागि ईक्रा नेपालबाट ईक्रा एनपि आईपिओ ग्रेड ४ को प्रमाणपत्र पाएको छ ।

लगानीकर्ताहरुले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

पाँथरको फिदिममा रहेको २१ दशमलव ६ मेगावाटको आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब २८ करोड २७ लाख ६ हजार ८३१ रुपैयाँ लाग्ने बताइएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको छ ।