पाकिस्तानमा बढेकाे तनावसँगै नेपाल आउने उडान प्रभावित

✍ बिप्लब पोख्रेल    2 years ago

 

काठमाडौं – जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।


 

पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुवईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए । नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेको जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए ।

साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीमको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल