अब मात्र ८ हजार ९९९ मा(XIAOMI REDMI GO) Android TM Go

✍ बिप्लब पोख्रेल    2 years ago

 

काठमाडौँ–साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन -रेड्मी टीएम गो बजारमा ल्याएको छ ।

 


 

जसको बजार मूल्य ८ हजार ९९९ कायम गरिएको छ ।

एन्ड्रोइड गो  कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको साओमीले जनाएको छ । कम्पनीका अनुसार यसले अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ। 

नेपालका लागि प्रबन्धक सौरभ कोठारीले भने, “साओमीले नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै एमआइ फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो रेड्मी टीएम गोसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो ।“

Redmi Go को नयाँ Android फोनमा – 5.0-inch HD display, Qualcomm® Snapdragon™ 425 SoC को साथमा 3000mAh battery, 8MP LED flash सहितको main back camera र 5MP को selfie front camera को सुविधा छ । Dual sim slots भएको Redmi Go मा छ 128GB card को microSD slot रहेको छ । 

Redmi Go कालो र नीलो रङ्गमा उपलब्ध छ, र साथै ८ जि.बि.को Storage Capacity पनि रहेको छ । Redmi Go नजिकको मोबाइल पसलहरू र Daraz online store मा 3rd March, 2019  देखि उपलब्ध हुनेछ।