शनिबारदेखि सुरु हुँदै आइपिएल

✍ नारायण पोख्रेल    1 month ago


कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि सुरु हुँदैछ। भारतमा कोरोना संक्रमण लगातार बढेपछि सिजनको आइपिएल युएईमा हुँदैछ।

पहिलो खेलमा शनिबार नेपाली समय अनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ। दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन्।

आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ। यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ। 

गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आइपिएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ।