परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता बनाउने मन्त्रिपरिषद्को निर्णय

✍ बिप्लब पोख्रेल    2 weeks ago


परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।


यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।