जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना

✍ बिप्लब पोख्रेल    2 years ago

 

काठमाडौँ – समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ ।

 


 

राजमार्गको कोहलपुर– लमही खण्ड जीर्ण बनेको छ । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो दुर्घटना हुने गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् । 

सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौँसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौँको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । गएको बर्खादेखि राजमार्गमा परेका खाल्डा अहिलेसम्म यथावत छन् । 

खाल्डोमा परी विशेष गरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।