आइतबार बिदा हुँदै कुलमान, के गर्लान् प्रधानमन्त्री ?

✍ बिप्लब पोख्रेल    2 weeks ago


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहीँ  भदौ २८ गते अर्थात आइतबार सकिदैछ । कुलमान  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा २०७३ भदौ २९  गते नियुक्त भएका उनको ४ बर्षे कार्यकाल सकिन लागेको हो । 

यता कुलमानको कार्यकाल सकिनै लाग्दा उनको नियुक्तिबारे पनि चर्चा हुन् थालेको छ । केहीदिन अघि मात्रै कुलमानको नियुक्ति फेरी भइसकेको भन्दै सामाजिक सञ्जालमा खबर भाइरल बनेर बघाईको ओइरो लाग्यो र जनतामा खुसीयाली छायो । तर त्यो खुसी बढी समय टिक्न सकेन । त्यसको केही दिनमै सरकारले सामाजिक सञ्जालले मात्रै कुलमानको नियुक्ति गरेको सरकारले यसबारे कुनैपनि निर्णय नगरेको बताए । 

कुलमान घिसिङलाई फेरी निर्देशकमा दोहोर्‍याउँदा सरकारले कामको जस नपाउने भएकाले ऊर्जामन्त्री र प्रधानमन्त्री केपी शर्मा ओली सरकार कुलमान नदोहोर्‍याउने मनस्थितिमा देखिएको छ ।

कुलमानले १८ घण्टासम्मको लोडसेडिङमा रहेको नेपाललाई उज्यालो बनाउनुका साथै प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका थिए । यसै कारण उनी जनताको मनमा बसेका हुन् । 


निमित्त कार्यकारी निर्देशकका लागि सरकारले तत्काल कदम चाल्यो भने उपकार्यकारी निर्देशक रहेका हरराज न्यौपाने प्रवल दावेदारका रुपमा छन् । तर मन्त्रीपरिषद्को निर्णय भने कस्तो आउछ ? त्यो हेर्न बाँकी छ ।