भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

✍ बिप्लब पोख्रेल    2 years ago

 

कैलाली – सीमा नजिकै  भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । 

 


 

भारतीय पक्षल सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम  निर्माण गर्न थालेपछि यस क्षेको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए । उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डु्बानमा पने निश्चित छ ।’ अग्लो ठाउँमा पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएको छ बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए । यो समाचार दिलबहादुर छत्याल र पुष्पराज जोशीले नागरिकमा लेखेका छन् ।