अधिकांश घर खाली, सस्तो भाडा दिँदा पनि भाडावाल नआएपछि घरबेटी तनावमा

✍ नारायण पोख्रेल    3 weeks ago


 कुनै दिन मोटो रकम दलाललाई खुबाएर काठमाडौंमा कोठा तथा फ्ल्याट खोजेको सबैलाई अनुभव नै छ ।  काठमाडौंमा दिनभर डुलेर पनि भाडामा बस्नको लागि कोठा तथा फ्ल्याट पाइन्थेन । सामान्य कोठाको पनि १० हजारदेखि लाखौं रुपैयाँसम्म तिरेर कोठा जसोतसो पाइन्थे ।

तर, अहिले माहोल ठ्याक्कै उल्टो बनेको छ । कुनै दिन कोठा पाइन्छ कि भनेर भाडावाल दिनभर काठमाडामौ खोज्न घुम्थे । तर, कोठा बिरलै पाइन्थे । पाइए पनि महँगो भाडा तिर्नु पर्ने बाध्यतन हुन्थ्यो । तर, अहिले त्यसको उल्टो अर्थात घरबेटीहरु आफै भाडामा बस्नेहरु खोजिरहेका छन् ।

सटर तथा अर्थात सडक पेटीमा कोठा भाडाका लागि सस्तै मूल्यका कोठाहरूकाे विज्ञापन अहिले सर्वत्र भेटिन्छन् । सस्तो मूल्यमा भनेर लेखिएक आकर्षक विज्ञापनहरु गर्दा पनि कोठा भाडामा बस्ने मानिस पाउन घरवेटीहरुलाई अहिले हम्मेहम्मे परेको छ ।

अहिले अधिकांश मानिसहरु काठमाडौं उपत्यका छोडेर घर फर्किसकेका छन् । देशमा लकडाउन हुँदाको समयमा मात्र करिब १८ लाख मानिसले उपत्यका छोडेका थिए । उनीहरु अहिले गाउँमै छन् । उनीहरुले तत्काल काठमाडौं आउने सुरसार बनाएका छैनन् ।

त्यसैले पनि अहिले काठमाडौंका अधिकांश घरहरु खाली नै छन् । घरवेटीहरुले पहिलेको भन्दा सस्तोमा कोठा भाडामा दिइरहेको भएपनि भाडावाल आउन छोडेको बताएका छन् ।