कोरोना र अभिभावक

✍ बिप्लब पोख्रेल    3 weeks ago


आजका वालवालिका भोलिका कर्णधार हुन ।आज कोभिड १९ अर्थात कोरोना महामारीको कारण यि कलिला वालवालिकाको भविष्य अन्योलमा परेकोछ । कोरोना कै कारणविश्व आतंकित भएको छ। ठूला र विकसित राष्ट्रहरू पनि यसको चपेटामा परेकाछन् ।प्रविधिमा घेरै फट्को मारिसकेका राष्ट्रहरू समेत विद्यालय बन्द गर्न बाघ्य भएका छन् ।अनिकालमा बिऊ र हुलमुलमा जिऊ जोगाउन संसार बिभिन्न प्रयासमाछ । तर पनि दिन प्रतिदिन कोरोना बढ्दै गएको रोकथामको कुनै बिकल्प समेत नभएको अबस्थामा यसको त्रासले वालवालिकामा मात्र होइन सम्पुर्ण जनमानसमानै मनोवैज्ञानिक असर नपर्ला भनिन सकिन्न ।

विशेष गरि विधालय जाने वालवालिका घरमै बस्न बाघ्यछन् ।साथि सँग खेल्न डुल्न र रमाइलो गर्न समेत कोरोनाले बन्देज लगाएको छ। यस अबस्थामा नयॉशैक्षिक सत्र सुरू भएको ५ महिना बित्न लाग्दा समेत सबै वालवालिकाको हातमा सबै पुस्तक पुग्न समेत सकेकाछैनन् भने स्कूल गएर शिक्षा हासिल गर्ने वातावरण अझै देखिदैन । विश्वनै आतंकित पारेर फैलिएको कोरोनाको त्रासले ति कलिला वालवावालिकामा मानसिक समस्या नआउला भन्न सकिन्न । अर्कोतर्फ सामाजिक संजाल तथा संचारका माध्यमहरूले फैलाएको संदेश वालवालिकाको लागि मात्र होइन सम्पूर्ण मानवमा नै नकारात्मक असर पारेको देखिन्छ । हुने खानेलीई भन्दा हुँदाखानेलाई झनै समस्या पारेकोछ । बिभिन्न तहका परिक्षा अन्योलमा छन् ।सरकारले चाहेर पनि केहि गर्न सक्ने अवस्था छैन्। यस्तो विषम परिस्थितिमा शिक्षालाई कसरी निरन्तरता दिने भन्ने बिषयमा पटक पटक शि़क्षा विदहरू बाट विभिन्न विचार र तर्क समेत आएका पनि हुन ।

नेपाल सरकार र शिक्षा मन्त्रालयले अनलाइन कक्षा र घुम्ति कक्षा संचालन गर्न सकिने र यसकै माध्यम बाट शा़िक सत्रलाई अगाड़ी नसीरेको होइन तर नेपालको परिवेशलाई हेर्दा यो सम्भव पनि देखिंदैन किन कि यहॉ सबै हातमा मोबाइल र सहज रूपमा नेट किन्न सक्ने क्षमता छैन् ।दुर दराजका गाउँहरू जहॉ एक कल फोन गर्न ढुङ्गा माथि चढ्न पर्ने अवस्था छ भने कतिपय ठाउँमा त झन अग्ले रूखमा चढेर मोबाइल ठोक्न पर्ने अवस्थानै छ ।

त्यसकारण यस्तो परिस्थिति मा अनलाइन कक्षा ले सबै वर्ग क्षेत्रलाई समेट्न सकेमात्र प्रभावकारी होला नत्र यस्को प्रभावकारीता देखिंदैन । यस विषम परिस्थितिमा अभिभावकले पनि आफ्ना वालवालिकालाई मनोवैज्ञानिक असर पर्न नदिन र सहिमार्ग प्रदान गर्न समयमै ध्यान पुर्याउन सक्नु पर्छ । वालवालिका लाई घरका सानातिनी काममा लगाउने , शिजनशिल काममा समेत वालवालिका रमाउने हुँदा चित्र बनाउने, बुट्टा बनाउने , कलर भर्ने जस्ता कामका साथै कविता लेख्ने ,कथा पढ्ने जस्तो वातावरण सिर्जना गर्न सके वालवालिका भुल्नेर हिंसात्मक कार्यमा ध्यान जाने सम्भावना न्युन हुन्छ । यस समयमा सम्भव भए नयॉ नभए पुरानै पुस्तकबाट पनि थुप्रै ज्ञान हॉसिल गर्न सकिन्छ । वालवालिकाको पहिलो पाठशाला घर र पहिलो गुरू बाबा आमा हुन् ।

त्यसकारण विद्यालय बन्द रहेको यस अबस्थामा अभिभाबकले आफ्ना छोरा छोरीलाई नैतिक ,सामाजिक आचरण सिकाउने , वालवालिका सँग रमाउने ,गित गाउने , आन्तरिक खेल खेल्ने अनुशासन सिकाउने गर्दा वालवालिकामा मनोरंजन प्राप्त हुने हुँदा मनमा भएको भय हट्दै जान्छ र उनी हरूमा मनोरंजन प्राप्त हुन्छ । हुनत हाम्रो देश नेपालमा सबै अभिभावक साक्षर छैनन् । उनीहरूमा किताबि ज्ञान नभए पनि नैतिक , सामाजिक .सास्कृतिक ज्ञान सबै अभिभावकमा छ।वालवालिका विद्यालय जान नपाए पनि अविभावक संग पुरै समय संगै बिताउने अबसर प्राप्त भएको छ । त्यसकारण यस शंकट कालिन समयको सदुपयोग गर्दै आफ्ना वालवालिकालाई घरमै रचनात्मक कार्यमा लगाई उनिहरूमा पर्न सक्ने मानसिक असरलाई न्युनिकरण गर्न सकिन्छ ।

यदि अभिभावकले यति मात्र कार्य गर्नेहो भने पनि वालवालिकामा पर्ने मनोवैज्ञानिक असर न्युन गर्न सकिन्छ । अन्यथा खालि दिमाग सेतानको घर बन्न सक्दछ। त्यसकारण बालवालिकालाई हिंसात्मक कार्यबाट बचाउन र कोरोनाले पार्ने मानसिक असर बाट बचाउन अभिभावकले आफ्ना बालवालिका प्रति आफ्नो दायित्व पुरा गर्नु पर्ने देखिन्छ ।त्यस कारण अभिभावकहरूले बालवालिकाको मनोभाव बुझि आफ्नो कार्य सैलिमा र बालवालिका प्रति गर्ने ब्यबहारमा सुधार ल्याउन अति आवश्यक छ ।

इन्दिरा देवकोटा

कपिलवस्तु न .पा .३