जातीय आधारमा सांसदबीच नै विभेद

✍ बिप्लब पोख्रेल    2 years ago

 

काठमाडौं – देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । 

 


 

बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित सांसद पहिलो र समानु्पातिक दोस्रो र हामी राष्ट्रियसभाको तेस्रो श्रेणीका भएका छौँ ।’ उनले स्थानीय पूर्वाधार साझेदार कार्यक्रम निर्देशिकाले सांसदबीच विभेद गरेको दाबी गरे । ‘यसले सांसदबीत नै विभेद गरेको छ, त्यो सच्याउन माग गर्छु,’ उनले भने । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।